बेनिशा बनिन् निर्देशक

फिल्म। अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छिन्। उनको डेब्यु निर्देशन रहेको सर्ट फिल्म ‘मिसिङ्ग ब्राइड’ सार्वजनिक भएको छ। सिनेमाघर एपमा सार्वजनिक सर्ट फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरीको अभिनय रहेको छ। ‘अभिनयमा संगालेको अनुभवले निर्देशनमा पाईला अगाडी बढाएकी छु। निर्देशनमै फोकस हुने भनेर अभिनय गरिन्’, बेनिशाले भनिन्।

फिल्म ‘स्वर’बाट अभिनेत्रीका रुपमा डेब्यू गरेकी बेनिशाले त्यसयता झण्डै १४ फिल्ममा अभिनय गरिसकेकी छन् । यसमा बेनिशाकै लेखन रहेको छ । उनकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रविण श्रेष्ठको सम्पादन र कलर करेक्सन, राजेश शाहको भीएफएक्स छ ।

केदार भुषाल कार्यकारी निर्माता रहेको फिल्ममा सन्दीप घिमिरेको मुख्य सहायक निर्देशन, किशोर केसी र सदीक्षा गौतमको सहायक निर्देशन, आशिष पुडासैनीको प्रोडक्सन, नविन अवालको कला निर्देशन छ ।

कमेन्ट गर्नुहोस्