फिल्म। दुबईमा आयोजित एक कार्यक्रममा सहभागी हुन् पुगेका निर्माता अर्जुन कुमारले फिल्म घोषणा गरेकाछन्। सौगात मल्ल र ऋचा शर्मालाई शीर्ष भूमिकामा लिएर निर्माता अर्जुनले ‘फाटेको जुत्ता खै’ शिर्षकमा फिल्म निर्माण गर्ने घोषणा गरेका हुन्। गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र अर्का व्यवसायी धर्मराज अधिकारीले सहकार्य गर्ने फिल्मको घोषणा समारोहमा अभिनेत्री शर्मा, क्यूएफएक्स निर्देशक तथा एप्पल इन्टरटेनमेन्टका प्रमुख नकिम उद्दिन, सञ्चारकर्मी भूषण दाहाल, मध्यपूर्व वितरक रमेश ढकाल पनि उपस्थित थिए ।
निकेश खड्काले निर्देशन गर्ने फिल्म अर्जुन कुमार फिल्म्स प्रालिको ब्यानरमा बन्ने छ भने यसमा आकाश बरालको पटकथा र प्रवेश मलिकको संगीत हुनेछ । वैशाखदेखि नवलपरासीको त्रिवेणीमा फिल्मको छायांकन सुरु हुने जनाइएको छ । निर्माता अर्जुन कुमारले यसअघि निर्देशक खड्कासँगको सहकार्यमा फिल्म ‘फाटेको जुत्ता’ निर्देशन गरेका थिए ।










