मोफसलमा दर्शकसँग ‘ड्रिम गर्ल’ टिम

फिल्म । गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘ड्रिम गर्ल’ युनिट यतिबेला मोफसल टुरमा निस्किएको छ । पोखराबाट दर्शकसँगको भेटघाट आरम्भ गरेको युनिटलमा निर्देशक ऋषिराज आचार्य, नायिकाद्वाय आश्मा गिरी, पूजा पराजुली, कलाकार शिशिर भण्डारी र मिडिया कन्सल्टेन्ट लक्ष्मण सुवेदी छन् ।

फिल्मका अभिनेता आकाश श्रेष्ठ भने आफ्नो हजुर बुवा बिरामी भएको कारण सहभागी छैनन् । ‘दर्शकले फिल्मलाई रुचाउनु भएको छ’ निर्देशक आचार्य भन्छन ‘हामीले उपत्यकापछी मोफसलका दर्शकसँग बसेर प्रत्यक्ष फिल्म हेर्दै प्रतिक्रिया लिने उदेश्यले मोफसल आएका हौ ।’ यसमा आकाश र आश्मासँगै विल्सन विक्रम राइ , अर्जुन श्रेष्ठ लगायतको अभिनय रहेको छ । अर्जुन शर्मा, रामेश्वर धिताल र ऋषिराज स्वयम् निर्माता रहेको फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी रिल एण्ड रियल सिनेमाले सहकार्य गरेको छ ।

कमेन्ट गर्नुहोस्