‘पृथ्वीराज’ पनि रिलिज नहुने

फिल्म । भारतमा बढ्दो कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमिक्रोन संक्रमणका कारण फिल्महरु भटाभट प्रदर्शन स्थगन गरिरहेका छन् । जर्सी , आरआरआर पश्चात भारतीय फिल्म ‘पृथ्वीराज’ ले पनि प्रदर्शन स्थगन गरेको छ । यशराज फिल्म्स र फिल्मका अन्य निर्माताहरुले ओमिक्रोनको बढ्दो संक्रमण र त्रासको समयमा फिल्म रिलिज गर्न नसकिने भारतीय मिडियामा बताएका छन् । अक्षय कुमार अभिनित फिल्म ‘पृथ्वीराज’ लाइ चन्द्रप्रकाशले निर्देशन गरेका हुन् ।

फिल्ममा अक्षयसँगै सोनु सूद, मानुषि छिल्लर र सञ्जय दत्तको पनि अभिनय रहेको छ । ओमिक्रोनले गर्दा दिल्लीमा हलहरु बन्द भएपछि पछिल्लो समय भारतीय फिल्महरुले रिलिज डेट स्थगन गरिरहेका हुन् । फिल्ममा अक्षय शिर्ष भूमिकामा छन् ।

कमेन्ट गर्नुहोस्