फिल्म। ‘पशुपति प्रसाद’को फ्रेञ्चाइज सिक्वेल ‘भष्मे डन’ निर्माणको घोषणा गरिएको छ । आइतबार काठमाडौंमा ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षको अवसरमा निर्माण कम्पनि टुकी आर्टस प्रालिले केक काटेर खुसियाली मनाउदै फेञ्चाइजको नाम ‘पशुपति प्रसाद २: भष्मे डन जुराइएको घोषणा गरिएको हो ।
अभिनेता खगेन्द्र लामिछानेको लेखन र निर्माण रहने फिल्मको शिर्ष भूमिकामा अभिनेता विपिन कार्की रहनेछन । उनि ‘पशुपति प्रसाद’को लोकप्रिय पात्र ‘भष्मे डन’ हुन् । पछिल्लो दशकमा दर्शक माझ सर्वाधिक प्रभाव छोड्न सफल चरित्र हो ‘भष्मे डन’ । यसमा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायतका कलाकारको अभिनय रहनेछ ।
फागुन मध्यदेखि छायांकनमा जाने फिल्म २०८० सालको दशैँ अवसर पारेर फूलपातीमा रिलिज हुनेछ । कृष्ण भारद्वाज र सुवास भुषालको संगीत रहने फिल्ममा निरज कँडेल डिओपी, कृष्ण थाप छायाकार, शंकर पाण्डे प्रोडक्सन डिजाइन, रोहितराज गौतम मुख्य सहायक निर्देशन, संजोग रसाइली सहायक निर्देशन र दिर्घ खड्का सम्पादक रहनेछ ।











