जानी नजानीको ‘एउटीलाई मुटुमा घर’ सार्वजनिक (भिडियो)

फिल्म । चैत्र १ गते रिलिज हुने फिल्म ’जानी नजानी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘एउटीलाई मुटुमा घर’ बोलको गीतलाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर अर्जुन र दुर्गा खरेलको रहेको छ । मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् । गीतलाई ४ रात छायाँकन गरिएको हो भने यसमा ५५ बढी कोरस प्रयोग गरिएको छ । ‘पछिल्लो समय दर्शकले खोजि रहेको गीतलाई प्रस्तुत गरेका छौ जस्तो लाग्छ’ अर्जुनले गीतको बारेमा बोल्दै भने ‘गीतमा दुइ मायाको वर्णन गरिएको छ ।’ उनले गायिका दुर्गासँग मिलेर लाइभ पनि गाएका थिए । गीतमा मनिष र सुमीसँगै डेब्यु गर्ल निरिशा बस्नेत पनि फिचर्ड छिन । ‘म गीतमा मात्र छु त्यही पनि सम्पूर्ण फिल्ममा छु जस्तो लागेको छ’ सुमीले भनिन् ‘गीतमा मलाइ रोज्नु भएकोमा टिम प्रति आभारी छु ।’

फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह , नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसैफिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन । ‘मलाइ लाग्यो यो समय मेरो लागि डेब्युको लागि राइट हो यसैले निर्देशनमा आए’ बसन्तले बताए । यसैगरी निर्मात्री केसीले पनि फिल्मलाई विना सम्झौता तयार गरेको बताइन । ‘हामीले कहिँ कतै सम्झौता गरेका छैनौ , यसपटक मैले कमर्सियल फिल्म लिएर आएकी छु’ निर्मात्री केसीले बताईन । उनले निर्माण गरेको अघिल्लो फिल्म ‘डाक्टर खाते’ ले ब्यबसायिक सफलता भन्दा पनि देश विदेशको फेस्टिभलमा आफुलाई अब्बल सावित गरेको थियो ।

यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नु पर्ने जिम्मेवारीलाई पनि देखाइएको छ । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

कमेन्ट गर्नुहोस्