कहिले आउँछ ‘किसिका भाइ किसिकी जान’ को टिजर ?

फिल्म। सलमान खानको आउँदो फिल्म ‘किसिका भाइ किसिकी जान’अप्रिलमा रिलिज हुँदैछ । इदमा रिलिज हुने फिल्मको टाइटल अनाउन्स बाहेक दर्शकले केही देख्न पाएका छैनन्। यद्दपि सलमानले फिल्म ‘पठान’ मा आफ्नो फिल्मको टिजर पठाउने तयारी गरिरहेका छन्। भारतीय मिडियाले एक मिनेट ४५ सेकेण्ड लम्बाई रहेको टिजर पहिलोपटक दर्शकले पठानमा हेर्न पाउने उल्लेख गरेका छन् ।

‘पठानमा सलमान छन् । उनले आफ्नो फ्यानलाई हलसम्म ल्याउन पनि फिल्मसँग टिजर राखेका छन् । यसलाई युट्युबमा भने दिउसो मात्र देख्न पाइनेछ’, फिल्मसँग जोडिएका सदस्यले भने । यसै फिल्ममार्फत रियालिटी शो ‘बिग बोस १३’ बाट चर्चामा आएकी मोडल शहनाज गिल अभिनयमा डेब्यु गर्दैछिन् । ‘बिग बोस १३’ बाट नोटिस भएकी शहनाजले सलमानको फिल्ममार्फत अभिनयमा पाइला टेक्न लागेकी हुन् । फरहाद सामजीले निर्देशन गरिरहेको फिल्ममा सलमानसँगै दक्षिण भारतीय अभिनेत्री पूजा हेगडेको पनि मुख्य भूमिका छ।

कमेन्ट गर्नुहोस्