फिल्म । अभिनेता दयाहाङ राईको अभिनय रहेको भनि प्रचार गरिएको फिल्म ‘कार्साङ्ग’ प्रचार सामग्री सार्वजनिक भएता पनि यसले दर्शकको ध्यान तान्न सकेको छैन । दया आफैँ सामाजिक सञ्जालमा हङकङमा प्रदर्शन हुने फिल्म ‘गाउँ आएको बाटो’ को प्रचारमा बढी सक्रिय छन् । शेर्पा समुदायको कथा भनिएको फिल्मको टिजरमा समावेश द्धिअर्थी संवाद प्रति दर्शकको आकर्षण नभएपछि निर्माण पक्ष नयाँ उपाय खोजि गरिरहेको छ ।
यम शेर्पाको निर्देशनमा तयार भएको फिल्म नेपालसँगै डायस्पोरामा प्रदर्शन हुने भनि प्रचार गरिएको छ । यद्यपि नेपालकै समयमा प्रदर्शन हुने देश बारे निर्माण पक्षले जानकारी गराउन सकेको छैन । यता फिल्मको प्रचारमा दया भन्दा बढी जीतु नेपाल सक्रिय देखिएका छन् । गत दसैँमा प्रदर्शन भएको ‘ज्वाई साब’ मार्फत फिल्ममा केही सामान्यत सफलता प्राप्त गरेका अभिनेता नेपालले फिल्मलाई आम दर्शकसम्म कसरी प्रतिक्षित बनाउछन त्यो भने हेर्न बाँकी छ ।