फिल्म। निर्देशक दीपक श्रेष्ठले नयाँ फिल्मको निर्देशन गर्ने भएका छन् । केबल तामाङ्गको प्रस्तुतिमा तयार हुने फिल्ममा कोमल गुरुङको लगानी रहनेछ । निर्देशक श्रेष्ठको कथा रहने फिल्ममा अभिनेता दयाहाङ राई फाइनल भएका छन् । निर्माणपक्ष र दयाबिच संझौता भएको हो । ‘यो रोमान्टिक कमेडी जनरामा तयार हुनेछ। माघको तेस्रो साताबाट यसको छायांकन सुरू गरिनेछ’, निर्देशक श्रेष्ठले भने।
प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ । फिल्मले नेपाल र सिक्किमको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास निर्माणपक्षले लिएको छ ।

कमेन्ट गर्नुहोस्











