फागुन १९ मा ‘छड्के २’

फिल्म । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा छायांकनरत फिल्म ‘२.० छड्के’ मा अनमोल केसीको ग्याङ लिडर देखिएका छन् । फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फागुन १९ मा फिल्म रिलिज हुने जानकारी दिएका छन् । लभरब्वाईको रुपमा देखिदै आइरहेका अनमोल फस्ट लुक्समा हिंसक देखिएका छन् ।

अनमोललाई ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर स्वरुपमा देख्न सकिन्छ । फिल्मको चितवन र मनाङमा छायांकन भएको हो ।फिल्ममा रविन तामाङ र कमलमणी नेपालको समेत मुख्य भूमिका छ । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भैरहेको फिल्ममा मेधा प्रोडक्सन र निर्वाण फिल्म स्कुलले पनि सहकार्य गरिरहेको छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

कमेन्ट गर्नुहोस्