फिल्म । हिमाल उप्रेती निर्देशित ‘आमा’ उत्कृष्ट फिल्म घोषित भएको छ । ‘छैठौँ काठमाडौं सर्ट फिल्म फेष्टा २०७९’ मा ‘आमा’बाट निर्माता भुपेन्द्र कुमार खड्काले उत्कृष्ट फिल्मको अवार्ड हाँसिल गरेका छन् । छायाँछबि क्रियसनले मंगलबार काठमाडौंको मैतिदेवी स्थित डोरी रेष्टुरेन्टमा आयोजना गरेको ‘छैठौँ काठमाडौँं सर्ट फिल्म फेष्टा २०७९’ मा उत्कृष्ट निर्देशक अवार्ड फिल्म ‘पैसा’ बाट रमेश कोइरालाले प्राप्त गरे । यस्तै लघु फिल्म ‘लड डाउनको पीडा’ बाट विष्णु प्रसाद काप्री (मुस्कान)ले उत्कृष्ट अभिनेताको अवार्ड चुमे । सो सर्ट फिल्म फेस्टामा ‘द डटर’ सरिता भारतीले अभिनेत्री तर्फ क्रिटिक्स अवार्ड जितन् । सो क्रममा ‘पैसा’ बाट सुनिला इन्करेजमेन्ट अवार्ड प्राप्त गरिन् ।
फेष्टाका विजेतालाई बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्था, चलचित्र कलाकार संघका उपध्यक्ष तथा बरिष्ठ कलाकार मोहन निरौला , चलचित्र पत्रकार संघ नेपालका संगठन उपाध्यक्ष कुवेर डंगोल लगायतले अवार्ड तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
काठमाडौं सर्ट फिल्म फेस्टाको निर्णायकमा गजित बिष्ट (अभिनेता), कुबेर गिरी (पत्रकार), हेरुका लामा ( मोडल), सुशिला थापा (मोडल), सागर घिसिङ (अभिनेता), आयुव केसी (अभिनेता), सुदीप क्षेष्ठ (मोडल) रहेका थिए । बागमती प्रदेशका प्रदेश साँसद लक्ष्मण लम्सासले नेपाली फिल्म क्षेत्रमा लगातार दुई दशकभन्दा बढी योगदान दिने कलाकारलाई राज्यले विधावारिधीबाट सम्मान गर्नुपर्ने धारणा उनले सो कार्यक्रममा राखे । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला लगायतले कलाक्षेको बिषयमा धारणा राखेका थिए । यो फेस्टाले नेपालमा लघू फिल्मको विकाशमा टेवा पु¥याउने गरेको उनले बताए ।
आयोजक तथा कार्यक्रमका सभापति छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले छोटा फिल्मले पनि प्रथामिकता पाउनुपर्ने र त्यसले पनि समाजमा राम्रो प्रभाव पार्नसक्छ भन्ने सन्देश दिदै त्यसका श्रष्ठालाई सम्मान तथा प्रोत्सानका लागि नियमित रुपमा आफुले काठमाडौं सर्टफिल्म फेष्टा आयोजना गर्दै आएको जनाए । राममणी ढकालको सँयोजनमा भएको काठमाडौं सर्ट फिल्म फेस्टा २०७९ मा साप्ताहिक पत्रिका ‘हेराल्ड खबर’ को बिमोचन समेत गरिएको थियो । समिर लामा प्रकाशक रहेको पत्रिकाको सम्पादक शान्तिप्रिय हुन् ।












