छायांकनमा फर्किए सलमान

फिल्म । अभिनेता सलमान खानको अभिनय रहेको फिल्ममा ‘तेरे नाम’को चर्चा धेरै नै हुने गर्छ । फिल्मको गीतसंगीतलाई त दर्शकले रुचाएका नै थिए साथै सलमानको हेयर स्टाइल समेत निकै फेमस भएको थियो । फिल्ममा सलमानले निर्वाह गरेको राधेको भूमिका निकै लोकप्रिय भएको थियो । यहिँ फिल्मको क्यारेक्टरको नाम सापटी लिदै तयार भइरहेको ‘राधे : योर मस्ट वान्टेड भाई’ को छायांकन पुनः सुरु भएको छ ।

कोरोना भाइरसको कारण सिर्जित अवस्थाले छायांकन रोकिएको फिल्मको काम अनुमति पाएसँगै अगाडी बढेको छ । सलमानले सामाजिक सञ्जाल मार्फत आफु झन्डै साढे ६ महिनापछी सेटमा फर्किएको जनाएका छन् । उनले ‘राधे’ को काम सकेर अन्य प्रोजेक्टलाइ पनि अगाडी बढाउने छन् । यसैबीच उनको टेलिभिजन शो ‘बिग बोस’ को नयाँ सिजनको पनि छायांकन भइरहेको छ ।

सलमानले शेयर गरेको तस्विर मार्फत फिल्मको गीतको छायांकन भइरहेको अनुमान सहजै लगाउन सकिन्छ । फिल्ममा सलमान एक्सन अवतारमा प्रस्तुत हुनेछन् । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गर्नेछन् । प्रभुदेवाले पछिल्लो समय सलमानकै फिल्म ‘दबंग ३’ को निर्देशन गरेका थिए । (एजेन्सी)

View this post on Instagram

Back to shoot after 6 1/2 months … feels good #Radhe

A post shared by Salman Khan (@beingsalmankhan) on

कमेन्ट गर्नुहोस्