सुरक्षाको ‘बुलाकी’ लुक्स

फिल्म । आफुलाई पात्र अनुरुप जीवन्त प्रस्तुत गर्ने अभिनेत्री सुरक्षा पन्त अभिनित फिल्म ‘बुलाकी’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर मंगलबार फिल्म युनिटले सुरक्षाको फस्टलुक सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा सुरक्षालाई मात्र प्रस्तुत गरिएको छ । सुरक्षा सार्वजनिक फस्टलुकमा गाउँले युवतीको भूमिकामा रहेको अनुमान लगाउन अप्ठेरो छैन । फिल्ममा उनि सेन्ट्रल क्यारेक्टरमा छिन् ।

लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा कर्णाली भेगको जनजीवन, रितिथिति तथा संस्कृति समेटिएको जनाइएको छ । फिल्ममा सुरक्षासँगै अलवा नरेन्द्र खड्का, नवअभिनेता बिराज बिष्ट , प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय रहेको छ । स्व. मोति बिष्टको प्रस्तुति रहेको फिल्मलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । सौगात कँडेल सह निर्माता रहेको फिल्मको छायाँकन डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा गरिएको छ ।

कमेन्ट गर्नुहोस्