फिल्म । सफल मलयालम फिल्म ‘दृश्यम’ सिक्वेलको छायाँकन सुरु भएको छ । मलयालम भाषामा प्रदर्शन भइसकेको दृश्यम २ लाई हिन्दी भाषामा अजय देवगनले तयार गरिरहेका छन् । फिल्ममा उनले मोहनलालको भूमिका निर्वाह गर्दैछन् । दृश्यमको रीमेक मार्फत अजयले निकै राम्रो तारिफ बटुलेका थिए । यसैले गर्दा पनि उनि दृश्यम २ को सिक्वेल दर्शक माँझ ल्याउन आतुर छन् । अजय आफैले सामाजिक सञ्जालमा फुल्मको छायांकन सेटबाट एक तस्वीर सार्वजनिक गर्दै दर्शकलाई जानकारी गराएका छन् ।
फिल्ममा अजयसँगै तब्बु , श्रीया सरन , इशिता दत्त लगायतको अभिनय रहनेछ । क्राइम थ्रिलर फिल्ममा एक सामान्य पढेको व्यक्तिले आफ्नो परिवारलाई कसरि प्रोटेक्ट गर्छ भन्ने कथालाई देखाइने छ । फिल्मलाई अभिषेक पाठकले निर्देशन गरिरहेका छन् । ‘दृश्यम २’ झैँ यसमा पनि आमाले आफ्नै छोरीको हत्या गरेपछि सिर्जित हुने अवस्था र त्यसलाई सामना गर्ने परिवारको कथा देखाइने छ । (एजेन्सी)
Can Vijay protect his family again? #Drishyam2 shoot begins.#Tabu @shriya1109 @AbhishekPathakk @KumarMangat pic.twitter.com/FwX5v1fpil
— Ajay Devgn (@ajaydevgn) February 17, 2022











