बक्सअफिस पनि हिट विक्की , फिल्मको कमाइ १५० करोड

फिल्म । यसवर्षको पहिलो ब्लकबष्टर फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ बनेको छ । सन् २०१९ को सुरुवात अभिनेता विक्की कौशलको लागि निकै सुखद भएको छ । गत वर्ष उनले आफ्नो अभिनयको कारण दर्शकको मन जिते भने यो वर्ष उनले बक्स अफिसमा पनि आफुलाई स्टार सावित गरे । पाकिस्तानी आतंकवादीले उरीमा भारतीय सैनिकलाई हमला गरेर छाती पुर्याएपछी भारतले सर्जिकल स्ट्राइक गरेको थियो । सन् २०१६ को सेप्टेम्बरमा भारतले एलओसि कारगिलको छेउमा रहेको पाकिस्तानी भूमिमा प्रवेश गर्दै आफ्नो सेनालाई मार्ने आतंकवादी माथि हमला गरेको थियो । गोप्य रुपमा झन्डै १० दिनमा गरिएको मिसनको कथालाइ दर्शकले रुचाएका छन् ।

फिल्मले भारतमा राम्रो ब्यापार गरिरहेको छ । फिल्म एक सय पचास करोड भन्दा बढीको कलेक्सन गर्दै यस वर्ष सन् २०१९ को पहिलो ब्लकबष्टर फिल्म बन्न सफल भएको छ । फिल्ममा विक्की कौशल , मोहित रैना , परेश रावल , यमी गौतम लगायतको अभिनय रहेको छ । फिल्ममा विक्कीले मेजर विहान सिंह शेरगिलको भूमिका निर्वाह गरेका छन् , जसले सर्जिकल स्ट्राइकको नेतृत्व गरेका थिए । फिल्म्लिया भारतमा मात्र नभई नेपालमा पनि उत्तिकै रुचाइएको छ । माउथ पब्लिसिटी राम्रो सुनिएपछी फिल्मलाई हेर्ने दर्शकको चाप हलमा बढ्दो छ ।

कमेन्ट गर्नुहोस्