जेष्ठ नागरिकसँग गीतकार पाण्डेले मनाए जन्मदिन

सङ्गीत । लोकप्रिय गीतकार तथा सञ्चारकर्मी दयाराम पाण्डेले जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गरेका छन् । गीतकार पाण्डेले बालाजु रानीवनमा रहेको मानव सेवा आश्रममा दुई सय जना भन्दा धेरै जेष्ठ नागरिक र भिन्न क्षमता भएका व्यक्तिहरूलाई भोजन गराएर आफ्नो जन्मदिन मनाए ।

उनले आफूले आर्जन गरेको रकमबाट केही रकम समाजसेवामा खर्च गर्न पाउँदा खुशी लागेको बताए ।’जन्मदिनमा मात्र नभई अन्य समयमा पनि यस्ता सामाजिककार्यमा जोडिने गरेको छु ।पहिला यसलाई बाहिर ल्याउथिन् । यद्यपि यस्ता कार्यले अरुलाई पनि प्रेरणा मिलोस् भनेर सामाजिकसञ्जालमार्फत सार्वजनिक गरेको हुँ ।’ उनले दुई सय भन्दा बढीलाई भोजन गराउनुका साथै भलाकुसारीसमेत गरेका थिए ।

जेष्ठ नागरिकलाई खाना खुवाउन पाण्डेको साथमा उनकी जीवनसंगिनी सम्झना गैरे पनि गएकी थिइन् । गीतकार पाण्डेले चलचित्र र आधुनिक गरि करीब एक हजार गीत लेखिसकेका छन् । उनका गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

कमेन्ट गर्नुहोस्