‘म यस्तो गीत गाउँछु’मा भाषाभाषीका गीत

फिल्म । कोरोना महामारीका कारण बारम्बार सर्न बाध्य भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारको फरक शैली अपनाएको छ । रिलिजको संघारमा मुख्य कलाकार पल शाह र पूजा शर्मालाई लिएर काठमाडौँको हल हल दौडिएको फिल्मले बुधबार र बिहिबार भाषाभाषीका गीत सार्वजनिक गरेको छ । निर्माण टिमले बुधबार थारु र विहिबार नेपाल भाषामा फिल्म हेर्न निम्तो दिएको गीत सार्वजनिक गरेको हो ।

गीतमा आश्रय रञ्जित र कल्पना श्रेष्ठको स्वर र नरेश जोगीको शब्द तथा संगीत छ । भिडियोको निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन् । निर्देशक सुदर्शन थापाका अनुसार उनीहरूले ७ भाषामा गीत खिच्ने तयारी गरेका थिए । यही १३ गतदेखि प्रदर्शनमा आउन लागेको फिल्मको नेवारी गीत मध्यपुर थिमीमा ।

कमेन्ट गर्नुहोस्