समुह एफ : जर्मनी , फ्रान्स र पोर्चुगल अन्तिम १६ मा

खेलकुद । युरो कप २०२० अन्तर्गत विहिबार विहान सबै भन्दा रोचक समुह ‘एफ’ अन्तर्गतका खेल भएका छन् । यो समुहमा फ्रान्स , जर्मनी , पोर्चुगल र हंगेरी रहेका छन् । यसैले गर्दा पनि यो समुह अन्यको तुलनामा निकै टफ मानिन्छ । यसै समुहको अन्तिम खेल विहिबार विहान भएको छ । पोर्चुगल विरुद्ध फ्रान्स र जर्मनी विरुद्ध हंगेरीको खेल बराबर अंक बाड्दै सकिएको छ ।

चारै टीमले बराबरी २ /२ गोल गरेका छन् । यसैले गर्दा अंक बराबरीमा बाडिएको छ । यस समुहबाट फ्रान्स समुह विजेताको रुपमा , जर्मनी उपविजेता र साविक विजेता पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् । सम्पन्न खेलमा पोर्चुगल र फ्रान्सले २-२ गोलको बराबरी खेले । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सका फरवार्ड करिम बेन्जिमाले दुई दुई गोल गरेका थिए ।

खेलको ३० मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेर पोर्चुगललाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा बेन्जिमाले पेनाल्टीबाट नै बराबरी गोल फर्काए । ४७ मिनेटमा बेन्जिमाले गोल गर्दा फ्रान्स २-१ ले अघि रह्यो । ६० मिनेटमा रोनाल्डोले दोस्रो पटक पेनाल्टीबाट गोल गर्दा पोर्चुगलले खेल २-२ को बराबरीमा ल्यायो ।

यस्तै , अर्को खेलमा हंगेरी र जर्मनी पनि २-२ गोलको बराबरि खेले । हंगेरीलाई सुरुवाती अग्रता दिलाउने क्रममा सजालाईले ११ मिनेटमा पहिलो गोल गरे। तर ६६ मिनेटमा जर्मनीका हाभर्ट्जले बराबरी गोल फर्काउन सफल भए। ६८ मिनेटमा हंगेरीले स्चफरको गोलबाट खेलबाट दोस्रो पटक अग्रता लियो। तर ८४ मिनेटमा गोरेट्ज्काले जर्मनीका लागि बराबरी गोल गरे।

सम्पन्न खेलहरुबाट फ्रान्स ५ अंक जोडेर समूह विजेता बन्यो । जर्मनी ४ अंक जोडेर समूह उपविजेता बन्दा ४ अंक नै जोडेको पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुग्यो । २ अंक जोडेको हंगेरी भने प्रतियोगिताबाट बाहिरियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्