फिल्म । नेपाली फिल्मको बजार विस्तारमा पछिल्लो समय निर्माता तथा निर्देशकह्हरु प्रयत्नशील देखिन्छन् । अन्तराष्ट्रिय महोत्सवहरुमा फिल्म पुगिरहेको अवस्थामा हलमा पनि त्यहि क्रममा फिल्म चलाउन सकिए वा ओटीटी प्लेटफर्म अन्तर्गत रिलिज गर्न सकिए नेपाली फिल्मको बजार विस्तार हुने फिल्मकर्मीको बुझाइ छ । नेपाली फिल्मलाई नेपाली बजार भन्दा बाहिर पनि बजार खोज्ने निर्देशक तथा निर्मातामा पर्छन् मिलन चाम्स ।
उनले आफ्ना हरेक फिल्मको प्रिमियर विदेशमा गर्ने गरेका छन् । जसले थोरै भएपनि नेपाली फिल्मको चहलपहल बढाउछ । पछिल्लो समय वीर गोर्खालीहरुको कथामा फिल्म बनाइरहेका निर्देशक चाम्सले आफु निर्देशित पछिल्लो फिल्म ‘वीर बिक्रम २’ हिन्दी भाषामा रिलिज गर्ने तयारीमा छन् । यो उनको तयारी भने कोरोना भाइरसको महामारी भन्दा अगाडी नै हो ।
तर , उनको योजना अन्तिम चरणमा रहदा कोरोना भाइरसको कारण सिर्जित अवस्थाले त्यो सम्भव भएन् । फिल्मलाई भारतीय डायस्पोरामा रिलिज गर्ने तयारीमा निर्देशक चाम्स रहेका छन् र अवस्था सामान्य भएपछी त्यो प्रक्रिया अगाडी बढ्ने उनले बताए । ‘नेपाली फिल्मको बजार भनौ वा दर्शक बढाउन सधै प्रयत्नशील छु र रहिरहनेछु’ उनले भने ।
निर्देशक चाम्सले फिल्मको हिन्दी संस्करणको दृश्यांश सामाजिक संजालमा सेयर गरेका छन् । फिल्मका नायक पल शाह र नायिका वर्ष सिवाकोटीमा दृश्यांश रहेको उक्त भिडियोले सकारात्मक प्रतिक्रिया बटुलीरहेको छ । सामाजिक सञ्जालमा यसलाई हेर्नेले स्वरांकनको चर्चा गरेका छन् । उनले यसकै ओटीटी प्लेटफर्ममा ल्याउन पनि प्रयाश गरिरहेका छन् ।










