फिल्म । सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलर देखि नै चर्चामा रहेका यशले रिलिजपछी फ्लोअर्स बढाउँन सफल भए । फिल्म मार्फत उनको स्टारडम बढिरहदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित छन् । ‘केजीएफ’ को सिक्वेलको प्रतीक्षा रहेका फ्यानहरुले सार्वजनिक टिजर मन पराइसकेका छन् ।
फिल्मका हिरो यशको जन्मोत्सवको अवसर पारेर सार्वजनिक गरिएको टिजरले विभिन्न रेकर्ड समेत बनाइसकेको छ । फिल्म जुलाईमा रिलिज हुने निर्माण पक्षले बताएका थिए । यद्दपी भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछी फिल्म रिलिज प्रभावित बनिरहेको छ । मुम्बई र दिल्ली लगायतका स्थानमा लकडाउन र कर्फ्यु लागु हुँदा केजीएफ टिमले पनि फिल्म रिलिज सारेका हुन् ।
अब यसको रिलिज कहिले हुन्छ ? भन्ने तय भने भएको छ । भारतीय मिडियाका अनुसार फिल्म रिलिज बारे निर्माण पक्षले केहि दिनमा आधिकारिक रुपमा जानकारी दिनेछन् । फिल्मको कुरा गर्ने हो भने सिक्वेललाई प्रस्ट्याउने केहि झलक पहिलो च्याप्टरमै रहेकाले च्याप्टर २ को प्रतिक्षा बढिरहेको हो ।
सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् संजय दत्त पनि देखिनेछन् । उनले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्ट झैँ पाँच भाषामा रिलिज हुनेछ । (एजेन्सी)












