‘द पोएट आइडल’मा केकी

फिल्म । रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो सिजनमा महिला निर्णायक फेरबदल गरिएको छ । पहिलो सिजनको निर्णायकमा रहेकी अभिनेत्री सुरक्षा पन्तको स्थानमा अर्की अर्की अभिनेत्री केकी अधिकारीले भित्रिएकी छिन् । शोको निर्णायकमा केकी अनुबन्ध भइसकेको निर्देशक अमनप्रताप अधिकारीले जानकारी गराए । अन्य निर्णायकमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा र अनुप बराल यथावत् छन् ।

साहित्यप्रति रुचि राख्ने भएकाले पनि केकीलाई शोको निर्णायकमा रोजिएको बताईएको छ । यसअघि रियालिटी शो ‘मेरो डान्स कप’मा निर्णायकको भूमिका उनले निर्वाह गरिसकेकी छिन् ।

अभिनेता दिव्यदेवले होस्ट गर्ने शोको दोस्रो सिजन यही माघ २२ गतेदेखि प्रशारण हुँदैछ । प्रत्येक सोमबार र मंगलबार राति ९ बजे प्रशारण गरिने शोका लागि अडिसन राउण्डबाट १४ जना प्रतिस्पर्धी छनोट भैसकेका छन् ।

कमेन्ट गर्नुहोस्