फिल्म । गत दसैँदेखि मङ्सिरसम्म नेपाली फिल्म प्रदर्शनमा भिडभाड देखिए पनि चिसो बढेसँगै कमी आएको छ । विदेशी ठूला फिल्मको प्रभाव, चिसो अत्यधिक भएकाले पुसमा कम नेपाली फिल्म प्रदर्शन हुने गर्दछन् । यसअघि सातामा दुईदेखि तीन चलचित्रसम्म प्रदर्शन गर्ने निर्माताले पुसलाई खासै रोजाइमा पारेका देखिँदैनन् ।
नेपाली फिल्मका निर्माताले आट नगरेता पनि विदेशी भने ठूला फिल्म रिलिज हुँदैछन् । विशेषत डिसेम्बर र जनवरी महिनामा विदेशी ठूला फिल्मकै बोलबाल हुने गरेको छ । सोही कारण नेपाली फिल्म ल्याउन वितरक र निर्माताले आट गर्न सकेका छैनन् ।
यसवर्ष पनि गत डिसेम्बर ५ मा प्रदर्शन भएको फिल्म ‘पुष्पा : द रूल’ पश्चात क्रिसमसलाई लक्षित गर्दै निर्माता तथा निर्देशक एटली कुमारको नयाँ फिल्म ‘बेबी जोन’ प्रदर्शन हुँदैछ । यसका निर्देशक एटलीका सहायक कलीस हुन् । उनले ‘थेरी’ लाई रीमेक गर्नुका साथै केही कथामा बदलाव ल्याएर फिल्म तयार गरेका हुन् । यो फिल्मलाई लिएर फ्यानमा निकै उत्साह छ। जसको मुख्य कारण फिल्ममा सलमान खानको केमियो छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको दृश्यलाई एटली आफैँले निर्देशन गरेका छन् । सलमान र एटलीको ‘केमेष्ट्री’ को झलक यसपटक देख्न पाइने छ ।