‘मनसँग मन’ पोष्टपोन्ड

फिल्म । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति पोष्टपोन्ड गरिएको छ । फिल्म हल खुलेता पनि पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको अवस्थालाई नियाल्दै फिल्म सारिएको निर्माण पक्षले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न आग्रह गरिरहेको र हलमा लागू गरिएको ५० प्रतिशत अकुपेन्सी पनि नहटाएको अवस्थामा चैत्र २७ गतेलाई तोकिएको प्रदर्शन मिती सारिएको हो ।

साथै , फिल्मको फस्टलुक भने सार्वजनिक गरिएको छ । फस्टलुकमा मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीलाई रोमान्टिक अवतारमा देखाइएको छ । यसमा वुद्दि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि मुख्य भूमिका छ । फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् । यसमा अरुण तामाङको निर्माण , सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन र सन्तोष खवासको एक्सन छ ।

कमेन्ट गर्नुहोस्