प्रभाससँग अजय पनि ?

फिल्म । बाहुबली सिरिजमा काम गरेपछि स्टार बनेका प्रभास कोरोना भाइरसको कारण एकैपटक केहि प्रोजेक्टमा व्यस्त छन् । एक समयमा एक प्रोजेक्टमा मात्र काम गर्ने गरेका प्रभासले लकडाउनका कारण सेड्युल हेरफेर भएपछी एकै पटक दुइ फिल्मको काममा छन् । दीपिका पादुकोणसँग अभिनय गर्ने भनिएको नाग आश्विनको फिल्मसँगै प्रभास यतिबेला ‘आदिपुरुष’ का कारण पनि चर्चामा छन् ।

यसमा उनको भूमिका भगवान रामसँग मिल्दो जुल्दो हुनेछ । निर्देशन ‘तान्हाजी’ जस्तो सुपरहिट फिल्मको निर्देशन गरिसकेका ओम राउतले गर्दैछन् । फिल्ममा प्रभाससँगै सैफ अलि खान रहने तय भईसकेको छ । यससँगै पछिल्लो समय फिल्मसँग जोडिएर अजय देवगनको पनि नाम अगाडी आइरहेको छ । अजय निर्देशक ओमको काम देखि खुसि छन् ।

यसैले गर्दा पनि अजयसँग सहकार्य हुनसक्ने बुझिएको छ । भारतीय मिडियामा उल्लेख भए अनुसार अजय फिल्म ‘आदिपुरुष’ मा भगवान शिवको भूमिकामा देखिन सक्नेछन् । यद्यपि, फिल्ममा उनको प्रवेशलाई लिएर निर्माण कम्पनीले कुनै जानकारी दिएको छैन । अहिले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको छ । अर्को वर्षबाट फिल्मको छायांकन सुरु हुनेछ । फिल्म तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा निर्माण हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्