फिल्म । निर्देशक ऋषिराज आचार्यले आफू निर्देशित फिल्म ‘द्रोपदी’को प्रदर्शन मिति तय गरेका छन् । यो फिल्मलाई चैत ८ गतेबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मको प्रदर्शन मिति वितरकसँग सल्लाह गरेर नै तोकिएको निर्माणपक्षले बताएको छ ।
यो फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमिल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्य लगायतका कलाकारहरुको अभिनय छ ।
आरबी मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्ममा पटकथा, संवाद र गीत निर्देशक आचार्यकै छ । फिल्ममा मोहनकुमार झिल्लुको छायांकन, रवि ओडको संगीत छ । यो फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गरिएको छ । यो फिल्मका निर्माता प्रकाश ज्ञवाली हुन् । फिल्ममा विष्णु ठहराई र ऋतु आचार्य सह–निर्माताको रुपमा छन् ।