फागुन १८ मा ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’

फिल्म । सौगात मल्ल अभिनित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति फागुन १८ लाई घोषणा गरिएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा नायक सौगात मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रण गरिएको छ । एउटा लुक्समा सौगातको कसिलो शरीर देख्न सकिन्छ । जहाँ, उनि एक्सन अवतारमा छन् भने दोस्रोमा उनी गोरखपुरको रेलवे अगाडि हिडिरहेको देख्न सकिन्छ । यी दुवै लुक्सले सौगात मल्लको भूमिका र उनको अभिनयलाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्ने निश्चित छ ।

फिल्मका लागि सौगातले सुरुवातमा करिब २० केजी तौल घटाएका थिए । पछि, फेरि सौगातले १० केजी तौल बढाएका थिए । फिल्मका लागि सौगात मल्लले गरेको मिहिनेत पोष्टरमा प्रष्ट देखिएको छ ।

फिल्ममा सौगातको साथमा नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ । तर, निर्माणपक्षले फस्टलुकमा सौगातको मात्र दुई फरक गेटअप सार्वजनिक गरेको हो । फिल्ममा संजय लामाको छायांकन छ ।

यो फिल्मलाई डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको हो । फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्