देश । नेपालमा गतवर्ष चैत्रमा दोस्रो संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित बढिरहेको छ । पछिल्लो समय संक्रमित बढेपछी अस्पतालको समेत समस्या देखिएको छ । यसैकारण स्वास्थ्य मन्त्रालयले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै सुरू गर्ने निर्णय गरेका हुन् । साथै , ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबार मात्र ६४ करोड रुपैयाँ निकासा भएको समेत मन्त्रालयले जनाएको छ । अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुईजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिइएको छ ।











