फिल्म । बलिउड अभिनेता अक्षय कुमार बेलायत उडेका छन् । उनी, आज फिल्म ‘बेल बटम’को छायांकनका लागि लण्डन उडेका हुन् । उनीसँग श्रीमती ट्विंकल खन्ना र उनका दुई सन्तान पनि लण्डन उडेका हुन् । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा अक्षय र उनको टिम चार्टर फ्लाइटको माध्यमबाट लण्डन उडेका हुन् ।
थ्रिलर कथामा बन्न लागेको यो फिल्मा सन् १९८० को सेटअपमा तयार हुनेछ । ‘ हामीले सुरक्षित रहेर अब कर्म गर्नु पर्छ’अक्षयले भने ,’हामी सुरक्षित रहेर काम गर्नेछौ भने कामको दौरान टिमसंगै रहनेछ ।’ छायांकनका लागि अक्षयसँगै टिममा लारा दत्त, निर्माता ज्याकी भगवानी, हुमा कुरेसी, निर्देशक रञ्जित एम तिवारी लगायत लण्डन उडेका हुन् । फिल्ममा बानी कपुर, हुमा कुरेसी, लारा दत्त लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










