संगीत । सञ्चारकर्मी राधिका कँडेलले ‘तिम्रो मुटु’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन् । केही सपना र केही रहर पुरा गर्नका लागि आफूले गीत सार्वजनिक गरेको बताउने राधिकाले गीत मार्फत प्रेम आशक्तिको कुरा गरेकी छिन् । गीत सार्वजनिक भएपछि गायिकाको रुपमा पनि दर्शकले राधिकालाई रुचाएका छन् । रेडियो र भिडियो मार्फत कार्यक्रम प्रस्तोताको रुपमा चिनिएकी राधिकाले नयाँ पहिचान स्थापित गर्दैछिन् ।
अश्विन अधिकारीको शब्द तथा संगीतमा तयार भएको गीतले राधिकाको सांगीतिक करिअरको सुरुवात गरेको छ । हरि हुमागाँइको छायांकन रहेको यो गीतको भिडियोमा राधिका आफैले मोडलिङ गरेकी छिन् ।रमेश थापाले छायांकन गरेको यो भिडियोलाई आकर्षक बनाइएको छ । राधिकाले दर्शकले आफूलाई गायिकाको रुपमा स्विकार गरेको खण्डमा चाडै नै अर्को कोशेली सार्वजनिक गर्ने बताइन् ।
कमेन्ट गर्नुहोस्










