फिल्म । फिल्म वितरकहरुले लकडाउन अगाडी प्रदर्शन भएको फिल्मको शेयर मांग गरेका छन् । हल संचालकहरुसंगको संवादबाट निकास ननिस्किएपछि संघका वितरक सदस्यहरु विके फिल्म्स् , स्टेसन फाइभ प्रालि , श्री ब्याङ्कटेश इन्टरटेनमेन्ट प्रालि , द टि फक्स फिल्म्स् प्रालि , डिजिटल सिनेमा नेपाल प्रालि र काफिया फिल्म्स्ले संयुक्त रुपमा लकडाउन अगाडी प्रदर्शन भएका फिल्मबाट पाउनु पर्ने शेयर रकम मांग गर्दै चलचित्र संघमा निवेदन दिएका छन् ।
बारम्बार हल संचालकलाई आग्रह गर्दा पनि सुनुवाई नभएपछि निवेदन दिईएको बताइएको छ । सयुंक्त रुपमा निवेदन आएपछि सम्झौता अनुसार रकम उपलब्ध गराउन चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले हललाई आग्रह गरेका छन् । वितरक तथा प्रदर्शकहरुको छाता संगठनका अध्यक्ष प्रधानले यसलाई आपसी समस्या भन्दै मिलाउने पहल थलिएको बताए । ‘यो हाम्रो आपसी समस्या हो र यसमा हामीले कारवाही थालिसकेका छौ’ अध्यक्ष प्रधानले भने ,’हामीले दुई पक्षकै समस्यालाई बुझ्दै निवेदन उपर कारवाही गरेका छौँ, ।’










