‘नाम अशुद्ध उच्चारण गरिदिएपछी’

19 Shares

फिल्म । डेब्यु फिल्म ‘चपली हाइट २’ मा पारामिता आरएल राणाको चर्चा राम्रै भयो । फिल्म सिक्वेल भएका हाइप थियो , सँगै जोडियो प्रेमको गसिप । उनिसँगै डेब्यु गरिरहेका अभिनेता आयुष्मान डिएस जोशीसँग तात्कालिन समयमा प्रेममा रहेका कारण दुवैको चर्चा भयो । तर , त्यसपछीका फिल्ममा त्यो चर्चाले काम गरेन । सफलाको कुरा गर्दा पनि श्रेय उनलाई गएन ।

यिनै पारामिताले संगीतमा पनि पाईला टेकिन् । गायिका बनेकी उनलाई त्यहाँ पनि सोच अनुसारको सफलता मिल्न सकेन । बरु , धेर थोर चर्चा उनको पछिल्लो स्टाटसको छ । उनले आफ्नो नामलाइ लिएर हुने कनफ्युजनको बारेमा लेखेकी छिन् । प्रायले उनको नाम शुद्ध उच्चारण नगरेको देखेपछि बाध्य भएर उनले फेसबुकमै गुनासो गरिन् ।

‘म भन्छु पारामिता, अरु सुन्छन् प्रमिता, परमिता, प्रमिला, प्रतिमा । हुँदाहुँदा हिजो फुडमान्डुको मान्छेले मलाई पार्वती भन्यो । यो त विदेशी नाम पनि हैन, अनि किन यस्तो ?’ अरु थुप्रैको नामको गलत उच्चारण लिएर गुनासा गर्ने मानिसको गुनासो स्क्रिन सट गर्दै उनले लेखेकी छिन् । उनको यो स्टाटसले नाम शुद्ध उच्चारणमा पक्कै मदत गर्नेछः , विश्वास लिउ ।

Facebook Comments