राजी डिरेक्टरको फिल्ममा दीपिका

जयहोस् । सन् २०१८ मै प्रदर्शनमा आएको फिल्म ‘राजी’ निर्देशक मेघना गुलजारको नयाँ फिल्ममा दीपिका पादुकोण देखिने भएकी छिन । पछिल्लो फिल्म ‘पद्मावत’ पश्चात बलिउड नगरीमा देखा नपरेकी दीपिकालाई मेघनाले साइन गराएकी छिन । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने फिल्ममा एसिड अट्याक र साईबर क्राइमको कथालाई देखाइनेछ । यसले एक परिवारको दैनिकीमा ल्याएको असरलैआ मेघनाले पर्दामा देखाउनेछिन । डेब्यु फिल्म तलवार र दोस्रो फिल्म राजी मार्फत आफुलाई निर्देशनमा स्थापित गरिसकेकी मेघनाले समसामयिक विषयवस्तुलाई फिल्ममा समेट्दै आएकी छिन ।
कमेन्ट गर्नुहोस्