युवराजले ल्याए ‘देवतालाई भाकी…’ (भिडियो)

संगीत । गायक युवराज चौलागाईंले नयाँ गीत ‘देवतालाई भाकी…’ सार्वजनिक गरेका छन् । प्रकृति प्रेमी गीत चौलागाईंले आज आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतसंगीत मानिसको हरक्षणमा साथि बन्ने बताउने चौलागाईंले गीत मार्फत प्राकृतिक सौन्दर्यलाई पनि समेटेका छन् । कौशिला खनालको शब्द रचना रहेको गीतमा संगीत युवराज स्वयम्को छ । उदयराज पौडेलले एरेन्ज गरेको गीत स्यामस्वेत रसाइलिले मिक्सिङ गरेका छन् ।

‘पशुपंक्षी र प्रकृतिको संरक्षण गर्नु पर्ने आवश्यकतालाई भिडीयोमा देखाउन खोजेका छौ’ युवराजले भने । ‘यो गीत नाच्ने भन्दा पनि बाच्ने गीतको रुपमा लिएको छु’ उनले थपे । गीतको भिडियोमा गायक चौलागाईंसँगै नायिका मेनुका प्रधानले अभिनय गरेका छन् । जीवन रिजालको सिनेमेटोग्राफी रहेको भिडियो भरत रेग्मीले सम्पादन गरेका हुन् । भुषण दाहालले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्