रोकियो नेपालमा पनि फिल्मको छायांकन

फिल्म । छायांकनरत फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको छ । पछिल्लो समय कोरोना भाइरसको त्रास बढ्दो स्थितिमा फिल्मको छायांकन रोकिएको हो । विश्वमै संक्रमण फैलिदो अवस्थामा रहेको यो भाइरसको जोखिमलाई कम गर्न नेपाल सरकारले सावधानी अपनाउन आग्रह गरिसकेको छ । यसै क्रममा २५ भन्दा बढी भेला नहुन समेत आग्रह गरिएको छ । यसैले गर्दा केहि दिन यता छायांकन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन रोक्ने निर्णय गरिएको निर्माण पक्षले जनाएको छ । सामाजिक सञ्जाल मार्फत फिल्मको छायांकन रोकिएको जनाइएको छ ।

निर्देशन झरना थापाले मानव जातीलाई चुनौती बनेको कोरोनाका कारण सबैको स्वास्थ्यलाई ख्याल राख्दै छायांकन रोकिएको बताइन् । उनले अवस्था प्रतिकुल बनेसंगै छायांकन सुरु हुने समेत बताएकी छिन् । अनमोल केसी , सुहाना थापा , सलोन बस्नेत , सरोज खनाल लगायतको अभिनय रहेको फिल्म आउँदो वर्ष प्रदर्शनमा आउनेछ । सुनिलकुमार थापाको निर्माण रहेको फिल्म प्रेम कथामा आधारित रहेको छ ।

कमेन्ट गर्नुहोस्