‘स्थापित हुन सजिलो छैन’

फिल्म । आउँदो भ्यालेन्टाइन डेमा फिल्म ‘लभ डायरीज’ प्रदर्शनमा आउंदैछ । यसै फिल्म मार्फत यस क्षेत्रमा अभिनेत्रीको रुओमा रुविना थापा उदाउदै छिन् । मोडलिङ्ग हुँदै फिल्ममा आइपुगेकी रुविनालाई स्थापित हुन सहज छैन भन्ने थाहा छ । किनकी, यो क्षेत्रमा आउने धेरै अनुहारमध्ये निकै कम मात्र स्थापित भएर अगाडि बढेका छन् । फिल्म राम्रो त हुनु पर्यो नै साथै नोटिस हुन् पनि राम्रो व्यानर र को-स्टार चाहिन्छ ।

ट्रेलर सार्वजनिक भएपछी दर्शक माँझ नोटिस हुँदै गरेकी रुविनाले आफु फिल्मी पृष्ठभूमि मार्फत न आएको बताइन । ‘अब, बल्ल मेरो पृष्ठभूमी फिल्म बनेको छ’ उनले भनिन् ,’यहाँ काम गर्न र स्थापित हुन सोचेजस्तो सजिलो छैन ।’उनलाई संभावना बोकेको कलाकारको रुपमै देखेर नै फिल्ममा लिइएको निर्माण युनिटले बताए । डेब्यु निर्देशक सौरभ चौधरीले क्यारेक्टर सुहाउँदो भएकोले फिल्ममा लिएको र रुविनाले सम्भावना देखाएको बताए । ‘फिल्म न आएसम्म मैले त्यसरी भन्न मिल्दैन तर फिल्म हेरेपछि रुविनाको कामको चर्चा हुनेछ ।’

विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सुशील श्रेष्ठ र रुबिनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ । यसको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् । शाहील खान एसोसिएट निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

तस्वीरः आर्यन विमली

कमेन्ट गर्नुहोस्