नयाँ वर्षमा ‘सिनेमा घर गोल्ड’

0 Shares

फिल्म । विश्वमा विस्तारै फिल्म आफ्नो समय तालिका अनुसार हेर्ने प्रचलन बढ्दो छ । फिल्म हल पुगेर तोकिएको समयमा हेर्ने एउटा जमात त छ नै तर कार्यव्यवस्ताले गर्दा आफ्नो समय अनुकुल फिल्म हेर्ने पनि जमात बन्दैछ । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) ले गर्दा भएको लकडाउनमा ओटीटी प्लेटफर्मको महत्व प्रस्टियो । विश्वभरका राम्रा फिल्म तथा सिरिज , डकुमेन्ट्री सहित विभिन्न शो ओटीटीमा धेरैले हेरे ।

नेटफ्लिक्स ,एमेजन प्राइम भिडियो , एचबिओ म्याक्स , वूट , जी फाइभ , डिज्ने प्लस हटस्टार लगायतका एपहरुले लगानी गरे र आफ्नो प्लेटफर्ममा राम्रो कन्टेन राखे । यसले गर्दा लकडाउनमा घर बसिरहेका दर्शकले मनोरंजन लिन पाए । मुलन , वन्डर वुमन जस्ता फिल्म पनि ओटीटी प्लेटफर्ममा आउनुले भविष्यमा यसको महत्व प्रस्टिन्छ ।

यद्दपी नेपालमा भने ओटीटी प्लेटफर्ममा राम्रो कन्टेन हुन् नसक्दा भनौ वा विविध कारणले आकर्षण देखिएन । ओर्जिनल कन्टेन् कम हुनु र रिलिज भएका कमसल फिल्म रहनुले पनि आकर्षण कम भएको हुन् सक्ने अनुमान लगाइयो । पछिल्लो समय नेपालमा पनि ओटीटी युजर्स बढिरहेको अवस्थालाई मुल्यांकन गर्दै सन् २०१६ देखि नेपालमा ओटीटीको संस्कार बसाउन सुरु भएको ‘सिनेमा घर’ परिमार्जित रुपमा आएको छ ।

थ्री सिक्स्टी वन डिग्री मिडियाले विभिन्न नयाँ फिचरहरुको साथमा अपडेटेड भर्सन ‘सिनेमा घर गोल्ड’ लाई शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । ६ वटा नेपाली फिल्म एकसाथ रिलिज गरिएको यो प्लेटफर्ममा फिचर फिल्मका साथै सर्ट फिल्म, स्ट्याण्डअप कमेडी तथा वेब सिरिजहरु पनि उपलब्ध हुने बताइएको छ । ‘सिनेमा घर गोल्ड’ एन्ड्रोइड टिभी, एन्ड्रोइड तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेटलगायतका स्मार्ट डिभाइसमा सजिलै डाउनलोड गरी हेर्न सकिनेछ । क्रोमकास्ट प्रविधिकको प्रयोग गरी मोबाइल फोनबाट क्रोमकास्ट सपोर्ट गर्ने विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ ।

शुक्रवारबाट ‘सिनेमा घर गोल्ड’ मा ‘डमरुको डण्डीवियो, कोहलपुर एक्सप्रेस, सरौतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र’ हेर्न पाइनेछ भने स्ट्याण्डअप कमेडी र सर्ट फिल्महरु पनि राखिएको छ । मासिक रुपमा नयाँ सामाग्री थप्दै लैजाने जनाउदै पाँच सयमा एक वर्षभरी ‘सिनेमा घर गोल्ड’ मा आउने सामाग्रीहरु हेर्न पाउने सुविधा पनि दर्शकहरुलाई दिइएको छ । ‘सिनेमा घर गोल्ड’ को सार्वजनिक कार्यक्रममा कलाकारहरु खगेन्द्र लामिछाने, दयाहाङ राई र साहित्यकार बुद्धिसागर लगायत उपस्थित थिए ।

(तस्बिर : रङ्गपत्रकार जीवन पराजुलीको फेसबुकबाट)

कमेन्ट गर्नुहोस्