यसैवर्ष अनमोलका तिन फिल्म !

अभिनेता अनमोल केसी पछिल्लो समय सुपरस्टारको रुपमा परिचित छन् । उनलाई फिल्ममा लिन खोज्ने निर्माता निर्देशकको लिस्ट लामो छ । अघिल्लो वर्ष उनि अभिनित फिल्म ‘कृ’ प्रदर्शनमा आएको थियो । उनको त्यो फिल्म झन्डै २ वर्षको अन्तरालमा आएको थियो । तर अनमोललाई यस वर्ष दर्शकले तिन फिल्ममा हेर्न पाउने भएका छन् ।

अनमोल यतिबेला होमप्रोडक्सनको फिल्म ‘क्याप्टेन’ मा व्यस्त छन् भने उनले थप दुई फिल्म साइन गरेका छन् । यी सबै फिल्म यसैवर्ष प्रदर्शनमा आउने छ । अनमोलको क्याप्टेन संवत असोज या मङ्सिरमा प्रदर्शन हुन् सक्ने सम्भावना रहेको छ । यसगरी उनले साइन गरेको दुई फिल्म ‘ए मेरो हजुर ३’ चैत्र अन्तिममा र मिलन चाम्सको निर्देशनमा तयार हुने अनटाइटल प्रोजेक्ट भने फागुन १७ मा प्रदर्शन हुनेछ ।

संवत एक वर्षमै अनमोल अभिनित तिन फिल्म प्रदर्शन हुन् लागेको पहिलो पटक हो । फिल्म ‘क्याप्टेन’ मा अनमोल फुटवल खेलाडीको रुपमा देखिदै छन् भने अन्य दुई फिल्ममा उनि लभरब्वाईकै भूमिकामा देखिनेछन ।

कमेन्ट गर्नुहोस्