स्पेनबाट फर्किएक नेपालीहरूलाई ‘अनिवार्य क्वारेन्टाइन’

सांकेतिक तस्बिर

विदेश । पछिल्लो समय कोरोना भाइरसको संक्रमण विश्वमै फैलिदै गर्दा नेपालमा यसको सतर्कता बढाईदैछ । सतर्कता अपनाउन नेपाल सरकारले सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ । यसका साथै कोभिड १९ नाम दिइएको यो भाइरस सम्बन्धि कुनै जिज्ञाषा भए १४१५ मा कल गरेर सोध्न सकिने समेट व्यवस्था गरिएको छ ।

सतर्कता बढाउने क्रममा नेपाल सरकारले स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) स्पेनमा पनि तीव्र फैलिरहेकाले त्यहाँबाट फर्किने नेपालीले अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने भएको हो । नेपाल सरकारको निर्णयलाई म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपालीलाई अवगत गराएको छ । साथै, नेपाल फर्किने भिसा अनिवार्य दूतावसबाट नै लिन र आवेदन दिँदा कोरोना नभएको प्रमाण पेस गर्न पनि जारी विज्ञाप्तिमा लेखिएको छ । स्पेनमा कोरोनाको संक्रमणदर उच्च भएकाले यस्तो प्रावधान गरिएको बताइएको छ । कोरोनाका कारण स्पेनमा ४५ बढीको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्