अमेरिकाले कोरोना टास्क फोर्समा परिवर्तन गर्ने

विदेश । गत वर्षको डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड १९) को महामारी पछिल्लो समय संयुक्त राज्य अमेरिकामा बढ्दो छ । अन्य देशको तुलनामा यहाँ मृत्यु हुने र संक्रमित हुनेको संख्या निकै बढी छ । हालसम यहाँ १२ लाख भन्दा बढी संक्रमित भएका छन् भने ७१ हजार ९ सय २१ जनाले ज्यान गुमाईसकेका छन् । साथै , १ लाख ६४ हजार भन्दा बढीले संक्रमणलाई जित्दै कोरोना मुक्त पनि भएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्स खारेज गर्ने बताएका छन् । अहिलेको टास्क फोर्सले राम्रो काम गरेको बताउँदै उनले अब त्यसमा परिवर्तन आवश्यक रहेको बताए । अमेरिकामा कोरोना संक्रमण फैलिँदै गएपछि त्यसविरुद्ध लड्न ट्रम्प प्रशासनले बनाएको उपराष्ट्रपति माइक पेन्सको नेतृत्वको कोरोना टास्क फोर्स केही हप्ताभित्रै टास्कफोर्स खारेज हुने बताएका छन् । अमेरिकाले अब अर्थ व्यवस्था उकास्ने काम गर्न अर्को टास्क फोर्स बनाउने तयारी गरेको छ र त्यसको नेतृत्व ट्रम्पका ज्वाइँलाई दिने तयारी भइरहेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्