सोमबारबाट बजारमा ‘डबल सी’

देश । थाइल्याण्डसँगै विश्वव्यापी रुपमा निकै रुचाइएको भिटामिन जुस ‘डबल सी’ सोमबारबाट बजारमा उपलब्ध हुने भएको छ । जुसको तिर्सना मेट्नुका साथै स्वास्थ्यलाई पनि राम्रो गर्ने भएकाले यो जुस लोकप्रिय छ । यसलाई रोविनेश इम्पोर्ट एक्सपोर्टले नेपाल भित्र्याएको हो । सुरेश राई , राजकुमार राई , रोविन राई , रमेश लामा , निश्चल लामा , रोमन राईको टिमले विश्वमा लोकप्रियता बढ्दै गर्दा डबल सीलाई दुइ फ्लेभरमा सोमबारबाट बजारमा ल्याउदै छन् ।

शनिवार एक कार्यक्रमको आयोजना गर्दै यो जुस नेपालमा उपलब्ध हुने जानकारी गराइयो । प्रतिरक्षा प्रणाली बलियो बनाउने , रक्तचाप नियन्त्रणमा सहयोग गर्ने , फ्याट बढ्न नदिने , क्यान्सर रोगको सम्भावना कम गर्ने लगायतका स्वास्थ्यमा यसले सहयोग गर्ने भएकाले यसलाई नेपाली बजारमा पनि उतिकै रुचाइने विश्वास टिमको छ । यसको ब्राण्ड एम्बासडरको रुपमा अभिनेता दयाहाङ राई र अभिनेत्री वर्षा सिवाकोटी रहेका छन् । ‘यसले प्रत्यक्ष रुपमा स्वास्थ्यमा फाइदा पुर्याउने भएकोले नै हामीले यसलाई नेपाल ल्याएका हौ’ जुसलाई नेपाल भित्र्याउने टिमका एक सदस्य राजकुमार राईले बताए ।

उनिसंगै रमेश लामाले पहिला आफुहरुले नै ट्राई गरेर बजार ल्याउन लगिएको बताए । ‘हामीमै परिक्षण गर्दा पनि यसले फाइदा दियो त्यसैले थाईल्याण्डमा सबै भन्दा बढी बिक्री हुने यो जुसलाइ नेपाल ल्याएका हौ’ उनले भने ,’हामीले यसलाई क्यान , प्लास्टिकमा नभई सिसीकै बोटलमा ल्याएका छौ किनकी यसले भिटामिन नष्ट गर्दैन ।’ यो नेपाल बाहिर झन्डै अमेरिकन ४ डलर पर्न जान्छ तर नेपालमा यो बजारलाई आधार मान्दै एक सय रुपैयाँमै उपलब्ध हुनेछ । ‘हामीलाई थाहा छ यस्तो गर्नु पर्छ भन्ने तर हामीले त्यसलाई लागु गर्न सकिरहेका छैनौ’ दयाले भने ।

जुसको ब्राण्ड एम्बासडर समेत बनेका दयाले स्वास्थ्य रहन भिटामिन सी निकै उपयोगी रहेको बताए । ‘हामीले कार्य व्यस्तताले गर्दा शरिरलाई चाहिने भिटामिन सी पाइरहेका हुदैनौ , जसलाई केहि हदसम्म यसले पुरा गर्नेछ’ उनले भने ,’यसको टेस्ट पनि राम्रो त्यसैले अन्य ड्रिंक्सको सट्टा यसलाई प्रयोग गर्दा स्वास्थ्यलाई पनि मदत गर्छ ।’ उनले आफु यसमा जोडिनु अगाडी सम्पूर्ण कुरा बुझेको समेत बताए । ‘मैले यसको मापदण्ड र अन्य सबै फाइदा तथा बेफाइदाको बारेमा बुझेर मात्र ब्राण्ड एम्बासडर बन्ने सहमति दिएको हुँ’ उनले भने ।

उनले आफ्नो तर्फबाट नै जुसको बारेमा बुझेको बताए । लेमन एण्ड लाइम र ओरेञ्ज एण्ड लेमन फ्लेभरमा बजारमा उपलब्ध हुनेछ । कार्यक्रममै उपस्थित निर्देशक तथा निर्माता मिलन चाम्सले यो जुस नेपालमा आउनु सुखद रहेको बताए । ‘यहाँ एउटा यस्तो जुसको आवश्यकता नै थियो जसले जुसको काम त गरोस नै साथै शरीरलाई फाइदा पनि गरोस’ उनले भने ,’मैले आफैले पनि केहि दिन यता यसको सेवन नियमित रुपमा गरिरहेको छु , फाइदाजनकनै छ ।’

कमेन्ट गर्नुहोस्