कांग्रेसको विरोध सभापछी मसाल जुलुस

0 Shares

देश । नेपाली कांग्रेसले सर्लाही क्षेत्र नम्बर ४ अन्त्तार्गतका सम्पूर्ण वडामा विरोध प्रदर्शन गरेको छ । रामनगर गाउँपालिका वडा नम्बर ७ निवासी महेन्द्र रामको हत्या सम्बन्धी सत्य तथ्य छानविन गरेर दोषीलाई यथाशिघ्र कारवाहीको माग नेपाली कांग्रेस राख्दै आइरहेको छ । महेन्द्र रामको हत्या सम्बन्धि कर्तव्य ज्यान मुद्धाको किटानी जाहेरी प्रहरीले नलिएको भन्दै केहि दिन अगाडी जिल्लाको सदरमुकाम मलंगवामा विरोध प्रदर्शन समेत गरेको कांग्रेसले शुक्रबार (आज) क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने ५१ वटा वडा विरोध प्रदर्शन गरेको हो ।

यस्तै , साँझ मसाल जुलुस समेत गर्ने बरहथवा नगरपालिका वडा नम्बर १५ का नेपाली कांग्रेस सभापति श्याम कार्कीले बताए । ‘हामीले दिउसो १२ बजेको समयमा हाम्रो क्षेत्र अन्तर्गत पर्ने सम्पूर्ण वडामा विरोध प्रदर्शन गरेका छौँ । हामी हत्याको छानविनका साथै दोषीलाई कारवाही होस् भन्ने चाहन्छौ’ श्यामले बताए । उनले मलंगवाको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको दमन नीति नियम विरुद्ध रहेको समेत बताए । अबिलम्ब किटानी जाहेरी दर्ता गरी पीडितलाई न्याय दिनेतर्फ सरकार सचेत नभए बाध्य भएर सशक्त आन्दोलन गर्ने चेतावनी समेत कार्कीले दिए ।

कांग्रेसले आफ्ना कार्यकर्ता रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामको गत असोज २१ गते कुटपिटबाट हत्याको भएको र उक्त घटनामा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको आरोप लगाउँदै आएको छ । कांग्रेसले मृतक महेन्द्र रामको हत्यामा संलग्नहरुलाई तत्कालै पक्राउ गरेर मुद्दा दायर गर्न माग गर्दै आइरहेको छ । उपचार गर्दागर्दै मृत्यु भएका रामको शव अहिलेपनि नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमै रहेको छ ।

कमेन्ट गर्नुहोस्