देश । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १०१ पुगेको छ । विहीबार कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस संक्रमित भेटिएसँगै संक्रमितको संख्या १०१ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य रहेको जनाएको छ ।
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित मध्ये १९ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार देशभर अहिले पनि १३३ जना चिकित्सकीय निगरानीमा छन् भने १७ हजारबढी क्वारेन्टाइनमा छन् ।
कमेन्ट गर्नुहोस्









