कोरोनाकै कारण तिन लाख बढीको मृत्यु

विदेश । गत वर्षको डिसेम्बर अन्तिममा पहिलो पटक चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वका अधिकांस देशमा फैलिसकेको छ । सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको महामारी रोक्न सकिने भएकाले विश्वका अधिकांस देश लकडाउनमा छन् । यद्दपी मृत्यु हुनेको संख्या बढ्दो नै छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार पुगेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख ४० हजार ९ सय ८९ जना रहेका छन् । यसैगरी कोरोना भाइरसलाई जित्ने अर्थात् निको हुनेको संख्या १५ लाख ८७ हजार ७ सय ८० जना रहेको छ ।

कोरोना भाइरसले सबै भन्दा बढी असर गरेको देश संयुक्त राज्य अमेरिका हो । अमेरिकामा हालसम्म १४ लाख १७ हजार ३ सय ५० जना संक्त्यरमित बह्स्तैयेका छन् भने ८५ हजार ८ सय ८६ जनाको मृत्यु भएको छ । यसैगरी २ लाख ४६ हजार ४ सय ४१ जना उपचारपछी निको भएका छन् । अमेरिकापछी यसले पछिल्लो समय अत्यधिक असर गरेको देश रसिया हो । रसियामा २ लाख ५२ हजार २ सय ४५ जना संक्रमित भएका छन् भने २ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ३४ हजार ४ सय ४० जना संक्रमित भएका छन् र ३३ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमित संख्या २ लाख २९ हजार ५ सय ४० र मृतक संख्या २७ हजार ३ सय २१ पुगेको छ । इटलीमा २ लाख २३ हजार ९६ जनामा संक्रमित भएका छन् भने ३१ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्