फिल्म । चर्चित हलिउड अभिनेता टम ह्यांक्स र उनकी पत्नी रीटा विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । अस्ट्रेलियामा रहेका उनीहरूमा कोरोना भाइरसको परीक्षण ‘पोजेटिभ’ पाइएको अभिनेता ह्यांक्सले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले आफू र आफ्नी पत्नीलाई चिसो लाग्दा हुने थकान र शारिरिक पीडा भएपछि संसारमा देखिएको कोरोना भाइरसलाई ध्यानमा राख्दै परीक्षण गर्दा कोरोना भाइरस परीक्षण ‘पोजेटिभ’ भेटिएको उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्।
ह्यांक्स र उनकी पत्नी दुबैको उमेर ६३ वर्षका छन् । दुई पटक ओस्कार अवार्ड जितेका अभिनेता ह्यांक्स पत्नीसँग गत जनवरी २६ मा अस्ट्रेलियाको गोल्ड कोस्ट गएका थिए । अभिनेता ह्यांक्स अभिनित फरेस्ट गम्प , कास्ट अ वे , ड टर्मिनल लगायतका फिल्म निकै चर्चित छन् ।
कमेन्ट गर्नुहोस्












