फिल्म । नेपाली फिल्म ‘होस्टेल ३’ ले प्रदर्शनको ५१ औँ पुरा गरिसकेको छ । देशका केही प्रमुख मल्टिप्लेक्स हलहरूमा प्रदर्शन जारी रहेको फिल्मले यो उपलब्धि हासिल गरेको हो।
यस अवसरमा न्यूरोडस्थित रञ्जना हलमा आयोजित विशेष कार्यक्रममा फिल्मका कलाकार तथा निर्माताहरूले खुसी साटासाट गरेका छन् । सशान कँडेल निर्देशित फिल्मले प्रदर्शनको ५१ दिनसम्म बक्सअफिसमा ४ करोड १० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
नयाँ निर्देशक र नयाँ पुस्ताका कलाकारहरूलाई लिएर निर्माण गरिएको यो फिल्मले प्रदर्शनको सुरुवाती केही सातामा उल्लेखनीय कमाइ गरेको थियो । पारस बम, रिहान गिरी, सिम्रन पन्त र आशिष घिमिरे लगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन् ।
कमेन्ट गर्नुहोस्