‘सूर्यवंशी’ रिलिज रोकिने ?

फिल्म । कोरोना भाइरसका संक्रमण बढेसँगै आयोजित कार्यक्रमहरु स्थगित हुने क्रम बढ्दो छ । विश्वमै फैलिरहेको कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएसकेको छ । यसैले गर्दा पनि विश्वमै यसको प्रभाव परेको छ । यसै क्रममा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि यतिबेला हलमा दर्शकको चाँप निकै कम छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बागी ३’ ले सोचे अनुसारको विजनेस गर्न सकेको छैन । फिल्म गर्ने भनिएको व्यापारको तुलनामा केवल आधा व्यापार मात्र गरिरहेको छ ।

कोरोना भाइरस(कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बलिउडका केहि फिल्मले रिलिज डेट परिवर्तन गर्ने भएका छन् । पछिल्लो समय ट्रेलर सार्वजानिक भएसंगै चर्चामा आएको फिल्म ‘सूर्यवंशी’ ले रिलिज डेट परिवर्तन गर्ने तयारी गरिरहेको भारतीय मिडियामा उल्लेख छ । हलसम्म जान दर्शकले आट नदेखाएपछि रिलिज डेट परिवर्तन गर्ने मनसायमा निर्माण पक्ष पुगेको छ । भारतीय ट्रेड एनालिस्ट तरण आदर्सको ट्वीटलाई आधार मान्ने हो भने केहि फिल्मले रिलिज डेट परिवर्तन गर्ने घोषणा गर्दैछन् । जसमा ‘सूर्यवंशी’ समेत रहेको छ ।

खिलाडी एक्टर अक्षय कुमारलाई लिएर निर्देशक रोहित शेट्टीले फिल्म ‘सूर्यवंशी’ निर्देशन गरेकाछन् । पछिल्लो समय सोसल ड्रामामा देखिदै आएका अक्षयलाई रोहितले एक्सन अवतारमा प्रस्तुत गरेका छन् । करण जोहरको पनि निर्माणमा सहकार्य रहेको फिल्ममा अक्षय कुमार पुलिस अफिसरको भूमिकामा देखिदैछन् ।

फिल्ममा अक्षयले निडर पुलिस अफिसरको भूमिका निर्वाह गरेकाछन् । अक्षयको को-स्टार कट्रिना कैफ छिन । कट्रिनाको ग्लामर अवतारले अक्षयको एक्सनलाई सहयोग गर्ने विश्वास रोहितको छ । यस अगाडी पनि अक्षयसँग कट्रिनाको जोडीलाई रुचाइएको थियो । हमको दिवाना कर गए , सिंह इज किंग , तिस मार खाँ , नमस्ते इंग्ल्याण्ड र वेलकम जस्ता सफल फिल्ममा सँगै काम गरेका छन् । यसैगरी फिल्ममा अजय देवगन र रणवीर सिंहको पनि केमियो रहेको छ । फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराएका हुन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्