मिरुनासँग दयाहाङको ‘रीत’ (भिडियो)

फिल्म। वर्षकै पहिलो दिन बैशाख १ देखी प्रदर्शनरत फिल्म ‘जारी’ को नयाँ गीत सार्वजनिक गरिएको छ। रिलिजको चौंथो दिनमा सार्वजनिक गरिएको ‘रीत’ बोलको रोमान्टिक गीतमा मनोज थापा मगरको संगीत, हर्क साउँदको शब्द रचना तथा संगीतकार थापा मगर र सुनिता थेगिमको युगल स्वर रहेको छ । ‘रीत’ गीतले अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेमभाव बोल्छ । जारी तिर्न नसकेर मिरुना दयाहाङको घरमा ‘नोकर’ बस्न आएपछि एक विन्दूमा उनीहरुबीच पलाएको प्रेम र नोंकझोकलाई गीतमा बुनिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले घरेलू बजारमा पाँच करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुलेलगायतको पनि अभिनय छ । फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन् ।
कमेन्ट गर्नुहोस्