उत्साहित मानुषी

फिल्म । अन्तत यो वर्ष पुर्व विश्व सुन्दरीलाई पर्दामा देखिने भएको छ । अभिनेता अक्षय कुमारको ‘पृश्वीराज’ फिल्मबाट बलिउड डेब्यु गर्दै गरेकी पूर्व मिस इन्डिया मानुषी छिल्लर यसै वर्ष दर्शकआमु प्रस्तुत हुदैछिन् । उनले आफ्नो भूमिकालाई लिएर विभिन्न कुराहरु शेयर गरेकी छिन् । एक अन्तर्वार्ताको क्रममा उनलेआफ्नो भूमिका रोचक रहेको उल्लेख गरेकी छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा सुटिङको फोटो राख्दै उनले आफ्नो भूमिकाबारे जानकारी गराएकी थिइन् । फिल्ममा उनी ‘संयोगिता’ को भूमिकामा देखिदैंछिन्। फोटो राख्दै उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘म निर्देशकको निर्देशन लिएरमात्र जहाँपनि जान्छु। फिल्ममा सिंहजस्तो गर्जने राजकुमारीको भूमिकामा देखिदैंछु।’ फिल्मलाई चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गरिरहेका छन्।

केही समयअघि पूर्व मिस इन्डिया छिल्लरले एक अन्तर्वाताको क्रममा रचनात्मक काममा व्यस्त रहँदा ध्यानमग्न हुनपर्ने बताएकी थिइन्। ऐतिहासिक योद्धा पृथ्वीराज चौहानको जीवनमा आधारित फिल्मलाई यशराज फिल्म्सले निर्माण गरिरहेको छ। १३ वर्षको उमेरदेखि भारतको अजमेरस्थित राजगढ सम्हालेका उनी र उनका दृश्मन जयचन्दकी छोरी संयुक्ताको प्रेम कहानीमाथि यसअघि टेलिसिरियलहरू निर्माण भइसकेका छन्। फिल्मको लागि यसअघि पूर्व मिस इन्डिया छिल्लरले डान्स र अभिनयको कार्यशाला सहभागी भएकी थिइन्। ‘पृश्वीराज’ आगामी तिहारमा रिलिज हुँदैछ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्