रहेनन् ब्रायन्ट

विदेश । यतिबेला खेल जगत स्तब्ध छ । अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानासहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाे खबर बाहिरीएसंगै खेलाडी स्तब्ध भएका छन् भने खेल प्रेमी पनि । ४१ वर्षीय ब्रायन्ट निजी हेलिकाेप्टरमा यात्रा गर्ने क्रममा क्यालिफोर्नियामा दुर्घटनामा हुँदा मृत्यु भएको हाे । क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको दुर्घटनामा ब्रायन्टसंगै उनकी छोरी जियाना सहित ९ जनाको त्यहाँको स्थानीय समयअनुसार आइतबार विहान मृत्यु हो । बाक्लो हुस्सुका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ । हेलिकोप्टर अस्वाभाविक रुपले खसेकाे प्रत्यक्षदर्शीले जनाएका छन् ।

 
View this post on Instagram
 

My Gigi

A post shared by Kobe Bryant (@kobebryant) on

लगातार पाँच पटक एनबीए च्याम्पियन बनेका ब्रायन्ट बास्केटबलकाे इतिहासमा सबैभन्दा ठूलो खेलाडी मानिन्छ । सन् २०१६ मा खेलबाट सन्यास लिएका ब्रायन्टले २० वर्ष लामो खेल जीवनमा लस एन्जलसका लागि खेले । उनको निधनमा सेलिब्रेटी तथा उनका समकालिन खेल स्टारहरूले असामयिक निधनमा गहिरो शोक व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्