कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

0 Shares

देश । केहि समय यता आन्तरिक विवादमा रहेको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । सोमबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा असोज १९ गते दिउँसो २ बजेका लागि बैठक राखिएको जानकारी दिएका छन् ।

पछिल्लो समय पार्टी सभापति शेर बहादुर देउवाली भात्री संस्थामा एक्ल निर्णयमा मनोनयन गर्न थालेपछि पार्टीको आन्तरिक विवाद चुलिएको हो । बैठकमा आगामी १४औं महाधिवेशनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा सहभागी हुनु अगाडि पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले पीसीआर परीक्षण अनिवार्य गरिएको समेत पार्टी मुख्य सचिव पौडेलले जनाएका छन् ।

असोज ५, २०७७

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको…

Posted by Nepali Congress on Monday, September 21, 2020

कमेन्ट गर्नुहोस्